२०२७ सालमा स्थानीय समाजसेवीहरु २७ जनाले बालबालिकालाई शिक्षा दिनका लागि निजीस्रोतमा शिक्षक ब्यवस्थापन गरेर संचालनमा ल्याएको यस विद्यालयलाई तत्कालीन सरकारले २०३२ मंसिर १५ गतेदेखि स्वीकृति दिएको थियो । ग्रामीण क्षेत्रका बिपन्न आर्थिक अवस्थाका अभिभावकहरुका बालबालिकालाई स्थानीय स्तरमै गुणस्तरीय तथा जीवनउपयोगी सीप सहितको शिक्षा प्रदान गर्न यो विद्यालयले स्थापनाकालदेखि नै प्रयास गरिरहेको छ ।
बिगतका दिनमा काठको मुडामा चकटी, सुकुलगुन्द्री ओच्छ्याएर पढ्न बस्ने बालबालिकाले घरबाटै कालोपाटी (सिलोट) र खरी (पेन्छिन) बोकेर पढ्न आउने अवस्थाबाट बामेसर्दै हाल डेक्स बेन्च, सुबिधासम्पन्न कक्षाकोठामा बसेर अध्ययन गर्न सकिने अवस्था सृजना भएको छ । कापीकलम, शैक्षिक सामग्रीको अभावमा विद्यालयमा पठनपाठन छोड्नुपर्ने अवस्था हालका दिनमा छैन र आउन दिने छैनौं । सौचालयको अभावमा घर जानुपर्ने बालबालिकाले अहिले अत्याधुनिक वास सुबिधा भएको सौचालय प्रयोग गर्न पाएका छन् । रजश्वला भएका छात्राले विद्यालयमा सेनिटरी प्याड प्रयोग गर्ने कोठा, बिसर्जन गर्ने स्थान ब्यवस्थित रुपमा संचालनमा छ ।
मकवानपुरको हाँडीखोलामा मात्रै बसोबास गर्ने सीमान्तकृत, लोपोन्मुख बनकरिया समुदायका बालबालिका अध्ययन गर्ने एक मात्र यस विद्यालयमा चेपाङ, तामाङ, दनुवार राई, दलित, जनजाति सहित करिब ५ सय बालबालिका हाल अध्ययन गरिरहेका छन् । पूूर्बपश्चिम राजमार्गसँग जोडिएको गाउँपालिका भएर पनि यहाँका अभिभावकको आर्थिक अवस्था कमजोर रहेका कारण निजीस्रोतमा शिक्षक ब्यवस्थापन गर्न चुनौती छ ।
अभिभावक बिहिन बालबालिकालाई विद्यालय ब्यवस्थापन समितिले नै अभिभावकत्व प्रदान गरी शिक्षा पाउने नैसर्गिक अधिकारप्रति सम्बेदनशील रहेको छौं । स्थानीय सरकारसँग प्रत्यक्ष वा परोक्ष रुपमा समन्वय गरी विद्यालयको हितमा काम गर्ने प्रयास भइरहेको छ । शिक्षक बर्गलाई कक्षाकोठामा प्रबेश गर्दा उच्च मनोबलका साथ प्रबेश गर्न सक्ने वातावरण सृजना गरी बालबालिकालाई समय सापेक्ष जीवनउपयोगी र गुणस्तरीय शिक्षा प्रदान गर्न हरसम्भव प्रयास गर्न प्रतिबद्ध छौं । आगामी दिनमा विद्यालयलाई आकर्षक बनाउँदै बालबालिकालाई विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने कार्यमा आवश्यक पर्ने भौतिक पूूर्वाधारहरु तयार गर्दै जाने लक्ष छ ।
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
कार्य अन’भव
शिक्षक
विद्यार्थी
अवार्ड